संघकाे पहलमा वुद्ध एयरद्वारा सुर्खेतमा परीक्षण उडान (फाेटाे फिचर)

आगामी मध्य पुसदेखी नियमित उडान गर्ने तयारी

सुर्खेत। सुर्खेत उद्याेग बाणिज्य संघकाे पहलमा नीजि वायु सेवा कम्पनी वुद्ध एयरले सुर्खेतमा परीक्षण उडान गरेको छ । एटिआर ४२ मार्फत नियमित उडान गर्दै आएको वुद्धले बुधबार एटीआर ७२ विमानमार्फत सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो ।


सानो जहाज चढ्दा हवाई भाडा महंगो भएको र कर्णालीबासीले विमान चढ्न नेपालगञ्ज नै पुग्नु पर्ने बाध्यता देखिएपछि वुद्धको एटीआर ७२ लाई नियमित उडान गर्नेगरी परीक्षण उडान गर्न पहल गरिएकाे संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए । उनकाअनुसार एटीआर ७२ जहाजकाे रिपाेर्ट सकरात्मक नै आउने र कर्णालीबासीले सस्ताे भाडामा सुर्खेत-काठमाडाैं-सुर्खेत नियमित उडान हुनेमा नीजि क्षेत्र आशावादी रहेकाे छ।

चालकदलका सदस्यसहित वुद्ध एयरका कर्मचारी र नेपाल नागरिक उड्डयन प्राधिकरणको टोली नेपालगञ्जबाट सुर्खेत विमानस्थलमा अवतरण गरेको थियो । एटीआर ७२ जहाजमार्फत परीक्षण उडान सफल भएको र प्राधिकरणकाे रिपोर्टपछि आगामी पुसदेखि नियमित उडान गर्ने पाईलट प्रमोद थापाले बताए ।

उनले सानो जहाजमार्फत उडान गर्दा भाडादर महंगो भएकाले यात्रुहरुको मागअनुसार एटीआर ७२ जहाजमार्फत सेवा दिन परीक्षण उडान गरिएको उल्लेख गरे । सुर्खेत विमानस्थल उडान अनुकुल रहेको अवस्थामा एटीआर ७२ जहाजमार्फत दैनिक दुई उडान गर्ने र न्यूनतम भाडादर सातहजार पाँचसय कायम गरिने वुद्ध एयरले जनाएको छ ।

तपाईको प्रतिक्रिया