कर्णालीमा थपिए नौ जना कोरोना संक्रमित, ४२ जना डिस्चार्ज

सुर्खेत । कर्णाली प्रदेशमा शनिवार थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ जनामा कोरोना पुष्टी भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुईहजार ५९८ पुगेको छ ।

आज पुष्टी हुनेमा जाजरकोट भेरी नगरपापालिका दुई, छेडागाड नगरपालिकाका एक, सल्यान छत्रेश्वरी गाउँपालिका र सुर्खेत वीरेन्द्रनगरका एक/एक जना छन् ।

यस्तै बाँके नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुरका एक÷एक र दैलेख नारायण नगरपालिकाका एक/एक जना छन् रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

संक्रमित नौ जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाले आइसोलेशनमा लैजाने तयारी भएको जनाए ।
पछिल्लो २४ घण्टामा कोभिड–१९ निको भई घर जानेको संख्या ४२ रहेको छ । योसँगै डिस्चार्ज हुनेको संख्या दुईहजार २८१ जना छन् । कर्णालीमा संक्रिय विरामीको ३११ जना छन् ।

नेपालमा आज १०४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

जिल्लागत तथ्याङ्क
दैलेख १०४८
सुर्खेत ७१४
सल्यान २७३
जुम्ला १७७
कालिकोट ११०
जाजरकोट ५५
रुकुम पश्चिम ६३
मुगु १०
हुम्ला ६
डोल्पा ५
अन्य प्रदेश १३७
जम्मा २५९८

तपाईको प्रतिक्रिया