लैङ्गिक हिंसा न्यूनिकरणका लागि अन्तक्रिया

सुर्खेत । कर्णाली प्रदेशमा लैङ्गिक हिंसा न्यूनिकरण सम्वन्धी अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा कर्णालीमा विद्यमान लैङ्गिक हिंसाको अवस्था र न्यूनिकरणका लागि भएका प्रयासका बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो । प्रदेश सुशासन केन्द्रको आयोजना र ईन्टरनेशनल आइडिया, युएनडिपीको संसद सहयोग परियोजना र जि.आई.जेडको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रमुख सचिव डाक्टर गोपिकृष्ण खानालले लैङ्गिक हिंसाको अन्त्यका लागि विद्यालय तहबाटै सुरु गर्नु पर्ने बताए । सचिव खनालले शिक्षामा बढवा दिन सके समाजमा हिंसाको अन्त्य हुने धारण राखे ।

यस्तै सचिव खनालले महिलालाई खेलकुदका माध्यमबाट आत्मरक्षा तालिम र रोजगारीका क्षेत्रमा जोड्न सके लैङ्गिक हिंसा घट्ने उल्लेख गरे । यस्तै मुख्यमन्त्री कार्यालयका सचिव आन्नद सारुले संघीय साशन प्रणालीमा जनता स्थानीय सरकारको साथमा रहेकाले समाजबाट लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारहरु जिम्मेवार हुनुपर्ने धारणा राखे ।

सेवा प्रवाहमा स्थानीय सरकार नजिकको सरकार भएकाले महिला हिंसा अन्त्यका लागि जिम्मेवार बनाउँन क्षेत्राधिकार निर्धारण गरी स्थानीय सरकारसँग मिलेर प्रदेश सरकारले घोषणा पत्र जारी गर्न लागेको सचिव सारुको भनाई छ । कार्यक्रममा प्रदेश सुशासन केन्द्रकी पूजा भण्डारीले कार्यक्रममा बारेमा प्रकाश पारेकी थिइन ।

तपाईको प्रतिक्रिया