हालसम्म कति भयो समानुपातिकतर्फको मतगणना ?

काठमाडौं । आइतबार सम्पन्न आम निर्वाचनको समानुपातिकतर्फ हालसम्म ४३ लाख ९४ हजार २३९ मत गणना सकिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । जसअनुसार कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदातामध्ये समानुपातिकतर्फ एक करोड ९ लाख ७० हजार बढी मतदान भएको अनुमान गर्न सकिन्छ ।

यसआधारमा अब ५७ लाख २ हजार बराबर मत गणना हुन बाँकी रहेको छ । निर्वाचनमा कुल खसेको मतको ३ प्रतिशत मत पाउनेले थ्रेस होल्ड कटाउँछ । निर्वाचन आयोगका अनुसार नेकपा एमालेले हालसम्म ११ लाख ८८ हजार १४७ मत पाएको छ । यस्तै नेपाली काँग्रेसले ११ लाख २७ हजार ७०८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ५२ हजार ८४३ मत पाएको छ ।

यस्तै माओवादी केन्द्रले ५ लाख १५ हजार २२४ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ९१ हजार ७३३ मत पाएको छ । यसैगरी जनता समाजवादी पार्टी, नेपालले १ लाख ४४ हजार ७८८ मत पाउँदा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ८९ हजार ८१४ मत पाएको छ ।

यस्तै जनमत पार्टीले ८५०५४, नागरिक उन्मुक्ति पार्टीले ८४१०१, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५८५७०, नेपाल मजदुर किसान पार्टीले ५८०२५, हाम्रो नेपाली पार्टीले ३३९४३, राष्ट्रिय जनमोर्चाले ३११५८, मंगोल नेशनल अर्गनाइजेशनले २३१०६, नेपाल कम्युनिष्ट पार्टी मालेले १२५४८, राष्ट्रिय जनमुक्ति पार्टीले ९६३८ मत पाएको आयोगले जनाएको छ ।

यस्तै नेपाल संघीय समाजवादी पार्टीले ८७४९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ६७६१, नेपाल आमा पार्टीले ६५७०, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ५५८१, जनता प्रगतिशिल पार्टी, नेपालले ४८५२, नेपालका लागि नेपाली पार्टीले ४२९३, नेपाली काँग्रेस बीपीले ४०३६, नेपाली जनता दलले ३७३९, नेपाल लोकतान्त्रिक पार्टीले ३३९५, नेपाल जनता पार्टीले ३३६२, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले ३३०१, आमूल परिवर्तन मसिहा पार्टी नेपालल २९२५, नेपाल कम्युनिष्ट पार्टीले २७३८, मितेरी पार्टी नेपालले २४३९, जनसमाजवादी पार्टी, नेपालले २३८६, सामाजिक एकता पार्टीले २२४८, बहुजन एकता पार्टी नेपालले २१९५, जनजागरण पार्टी नेपालले २१४८, एकीकृत शक्ति नेपाल १९०५, तराई मधेश लोकतान्त्रिक पार्टीले १७५०, मौलिक जरोकिलो पार्टीले १५३२, विवेकशील साझा पार्टीले १४८६, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले १३७६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १२६२, पिछडावर्ग निषाद दलित जनजाति पार्टीले ११९७ मत पाएका छन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ११४४, बहुजन शक्ति पार्टीले ११३३, नेपाल समावेशी पार्टीले १०८४, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले ८२०, नेश्‍नलिष्ट पिपल्स पार्टीले ७६६ र राष्ट्रिय नागरिक पार्टीले ६६६ मत पाएको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया