मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसाविरुद्धको अभियान मनाउने

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसाविरुद्धको अभियान मनाउने निर्णय गरेको छ। शुक्रबार विश्वविद्यालय उपकुलपतिको कार्यालयद्वारा आयोजित एक अनलाइन छलफल कार्यक्रम मार्फत विश्वव्यापी रुपमा मनाईने महिला हिंसा विरुद्धको अभियान विभिन्न कार्यक्रमसहित मनाउने निर्णय गरिएको हो।

उक्त छलफल कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहज्यूले अभियानलाई नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म १६ दिन महिला हिंसा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम भौतिक रुपमै संचालन गर्ने र विश्वविद्यालयले यसको नेतृत्व गर्ने बताए।

अभियानलाई कार्यान्वयन गर्न विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एडुकेशनका उप–प्राध्यापक कल्पना पौडेलको संयोजकत्वमा समिति बन्ने भएको छ।

उक्त समितिको विश्वविद्यालयका उपकुलपति, सेवा आयोगका अध्यक्ष, रजिष्ट्रार, डीनहरु, कार्यकारी निर्देशकहरु, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, प्राचार्य, केन्द्रीय विभाग प्रमुखहरु तथा निर्देशकहरु सदस्य रहने निर्णय भएको छ।

साथै, विश्वविद्यालयका सम्पूर्ण आंगिक क्याम्पसहरुमा समेत यस अभियानलाई कार्यान्वयन गर्न क्याम्पस प्रमुख सम्मिलित समिति गठन गरी विभिन्न कार्यक्रम आयोजना गरिने छ।

तपाईको प्रतिक्रिया