८ सिटको गणना बाँकी,कहाँ कसको अग्रता ?

काठमाडौं । गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ। आइतबार बेलुकी ५ बजेसम्म १६५ क्षेत्रमध्ये १५७ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।

जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४२ स्थानमा जित हासिल गरेको छ। यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १(१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्। बाँकी रहेका क्षेत्रमध्ये दोलखा, स्याङ्जा(२ र बाजुराको मत गणना भने हुन बाँकी छ। ५ क्षेत्रको मतगणना जारी छ। जसमा नेपाली कांग्रेसले ३ ठाउँमा अग्रता लिएको छ भने एमालेले १ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा अग्रता लिएको छ।

हेर्नुहोस् कहाँ कसको अग्रता

सुनसरी १

अशोककुमार राई ,जनता समाजवादी पार्टी ( १४,४२६

गोमा तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी १४,२०८

मुक्सामहाङ सुब्बा माओवादी केन्द्र ११,२६६

सुनसरी ३

भगवती चौधरी, नेकपा एमाले २४२६३

विजयकुमार गच्छदार ,नेपाली कांग्रेस १९६७०

सुनसरी ४

ज्ञानेन्द्र बहादुर कार्की ,नेपाली कांग्रेस २३४३९

जगदिश प्रसाद कुसियैत ,नेकपा एमाले २३३४१

उदयपुर १

नारायण खड्का ,नेपाली कांग्रेस २१८३३

मञ्जु चौधरी ,नेकपा एमाले २०१२०

धनुषा ४

महेन्द्र यादव नेपाली कांग्रेस २३५६५

रघुबीर महासेठ, नेकपा एमाले २३१०७

महाजन यादव ,जनता समाजवादी पार्टी ४,६७८

तपाईको प्रतिक्रिया