सुर्खेत बहुमुखी क्याम्पसकाे लेखा शाखामा तालाबन्दी

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमकाे लेखा प्रशासनमा विद्यार्थीहरुले ताला लगाएका छन् । अखिल नेपाल विद्यार्थी संघ, नेपाल विद्यार्थी संघ र अनेरास्ववियूले  स‍‍युक्त तालाबन्दी गरेका हुन् । बुधबार बहुमुखी क्याम्पसमा संयूक्त रूपमा तालाबन्दी गरेका हुन् । नेकपा (एमाले) निकट बिद्यार्थी संगठन अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पस कमिटि अध्यक्ष अकल सिजापति, ने.बि.संघका उमेश न्याैपाने, अखिल क्रान्तिकारीका हरि बुढाले संयूक्त बिज्ञप्ती जारी गर्दै तालाबन्दी गरेका छन् ।

बिज्ञप्तीमा सुर्खेत बहुमुखी क्याम्पसकाे लेखा शाखामा निजि शैक्षिक संस्थाकाे जस्ताे गरि अस्वभाविक तरिकाले बिएड/बिबिएस प्रथम बर्ष भर्नाका लागि बिद्यार्थीकाे ढाड सेकाउने मनाेवृतिका साथ चर्काे शुल्क वृद्धि गरेकाे प्रति उल्लेखित बिद्यार्थी संगठनहरुले अनिश्चितकालिन तालाबन्दी गरेकाे उल्लेख गरेका छन् । मुल्य बृद्दीकाे निर्णय तालाबन्दी गरेकाे २४ घण्टाभित्र फिर्ता नगरेकाे खण्डमा थप आन्दोलनका कार्यक्रम गरिने पनी बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

विज्ञप्ती

तपाईको प्रतिक्रिया