४ दिने समाचार फिचर लेखन प्रशिक्षण : ६० प्रतिशत सक्षम भएको दाबी

सुर्खेत । नेपाल पत्रकार महासंघ केन्द्रीय समिती काठमाडौंको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतको संयोजनमा भएको ४ दिने समाचार फिचर लेखन प्रशिक्षण सकिएको छ।

सुर्खेतको वीरेन्द्रनगरमा मंगलबारबाट सुरु भएको ४ दिने उक्त प्रशिक्षणमा सहभागी ३० जना मध्ये ६० प्रतिशत फिचर लेखनमा सक्षम भएको दाबी गरिएको छ।

फिचर लेखनको प्रशिक्षण पत्रकार चिरन्जीवी अर्यालले दिएका थिए। अर्यालले समाचार फिचर लेखनका सहभागी मध्ये ६० प्रतिशतले फिचर लेख्न सक्ने सक्षम भएको बताएका छन्।

यस्तै, कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकार सुरक्षा, लैङ्गीक समावेशिता र समताका बिषयमा प्रशिक्षण दिएका थिए।

महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले समाचार फिचर लेखनका लागि ४ दिने तालिमले पत्रकारलाई थप इट्टा थपेको बताए।

महासंघ सुर्खेत शाखा उपाध्यक्ष सुदिप पुरीले यस कार्यक्रमले सहभागिहरुको क्षमता बवकासमा सहयोग पु¥याएको बताए।

कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा सचिव ललित बुढाले गरेका थिए।

तपाईको प्रतिक्रिया