जनसेवाले वडा स्तरीय भलिबल प्रतियोगिता गर्दै, प्रथम पुरस्कार ५१ हजार

सुर्खेत । ‘हाम्रो लक्ष्य सर्वाङ्गीण विकास धैर्यता, शान्ती, एकता र विश्वास’ भन्ने मूल नाराका साथ जनसेवा युवा क्लबले भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

भिमाद नगरपालिका–२ हैदमा तनहुँमा केन्द्रीय कार्यलय रहेको क्लबले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा पुस १ देखि ७ गतेसम्म भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो।

शुद्ध गाउँ तथा साविक वडा स्तरीय सिनियर पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम समेत हुने भएको छ।

क्लबले सम्पूर्ण खेलाडी खेल तथा संगितप्रेमीहरुलाई प्रतियोगिता तथा कार्यक्रममा सहभागी भई खेल तथा कार्यक्रमको शोभा बढाईदिनका लागि अनुरोध समेत गरेको छ।

खेलका लागि टिम दर्ता मिति २०७९ मंसिर २८ र २९ गतेलाई तोकेको छ भने खेल पुस १ गतेदेखि सात गतेसम्म हुनेछ।

क्लवले टिम दर्ताका लागि ५०० रुपैयाँ शुल्क तोकिएको छ। खेलमा खेलाडी शुद्ध गाउँ तथा साविक वडा स्तरीय हुनुपर्ने र तोकिएको समयमा उपस्थित नभएमा स्वतः खेलबाट बाहिरिने र खेलमा प्रोटेस्ट नियम लागू हुने आयोजक टिमका अध्यक्ष नविनकुमार रानाले जानकारी दिए।

यस्तै, पुरुष भलिबल पुरस्कार र महिला भलिबल फरक–फरक रहेको छ। जसमा पुरुष भलिबल प्रथम पुरस्कार ५१ हजार नगदसहित ट्रफि, मेडल र प्रमाण–पत्र, द्वितीय पुरस्कार ३६ हजार, तृतीय पुरस्कार २१ हजार नगद र मेडल र प्रमाण–पत्र प्रदान गरिने छ।

यस्तै, अन्य पुरस्कारहरूमा वेस्ट प्लेयर, वेस्ट लिफ्टर, वेस्ट स्पाइकरको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

महिला भलिबल पुरस्कारहरुमा प्रथम हुनेलाई २१ हजार, द्वितीय ११ हजार नगदसहित ट्रफि, मेडल र प्रमाण–पत्रको व्यवस्था गरिएको छ।

कार्यक्रम उद्दघाटन तथा खेल पुस १ गते बिहान १० बजे सुरु हुनेछ,महिला तर्फको खेल भने पुस छ गते मात्र सुरु हुनेछ।

त्यस्तै। पौष ७ गते विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने र सोही दिन अर्थात पौष ७ गते साँझ न‌ै कार्यक्रम को समापन गरिने पनि क्लबका अध्यक्ष रानाले जानकारी दिए।

तपाईको प्रतिक्रिया