कर्णाली करिडोरबाट कर्णाली नदीमा जेसिबी खस्यो, दुईको मृत्यु

तीनजना घाइते, तीनजना बेपत्ता

सुर्खेत । कालीकोट जिल्ला अन्तरर्गत कर्णाली करिडोरको सडक खण्डबाट जेसिबी कर्णाली नदीमा खसेको छ। कर्णालीका खस्दा दुई जनाको घटाम स्थलमै मृत्यु भएको छ। शनिबार दिउँसो साढे १ बजेको समयमा कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरीखोला नजिकबाट जेसिबी नदीमा खसेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कालीकोट मै सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की र सोही पालिका २ का १६ वर्षीया युवराज बुढाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी सुवराज बमले जानकारी दिए।

यस्तै, बेपत्ता हुनेमा कैलाली घर बताउँने अन्दाजी २२/२३ वर्षीय कमल सोडारी, सान्नी त्रिवेणी नगरपालिका–१ कालीकोटका १९ वर्षीया उमेश गिरी, सोही ठाउँका १४ वर्षीया रक्तिम कार्की रहेका छन्। उनिहरुको खोजी कार्यजारी रहेको प्रहरीको भनाई रहेको छ।

यस्तै, घाइते तीनजनालाई तत्काल उद्वार गरेर बोलेरो जिपमा उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा पु¥याइएको छ। घाइतेहुनेहरुमा रास्कोट नगरपालिका–७ का १४ वर्षीया मिलन शाही, खाँडाचक्र नगरपालिका–११ का १४ वर्षीया विकास भारती र खाँडाचक्र–११ कै १४ वर्षीया आशिष भारती रहेका छन्।

फुकोट कर्णाली हाईड्रोपावरको निर्माणधिन (४११ मेगावट)को सुरुङ भित्र पानीको अवस्था चेकजाच गरेर फर्कने क्रममा कर्णाली करिडोरको सडक खण्डबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। जेसिबी सडकबाट ८० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया