कर्णाली प्रदेशमा प्रथम बालभेला

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रथम बालभेला सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा नौ जिल्लाका वालक्लवहरुको सहभागितामा बाल भेला गरिएको हो । नौ जिल्लाका बाल प्रतिनिधिहरुको भेलाबाट २१ सदस्यीय प्रदेश स्तरिय बाल क्लव सन्जालको गठन भएको छ ।

भेलाबाट नारायण बाल क्लव नेटवर्क, दैलेखका अध्यक्ष मधु थापा र वीरेन्द्रनगर नगर बाल सन्जालको प्रतिनिधि गौमाया अधिकारीको महासचिवमा चयन भएका छन् । तीन दिन सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि संचालन गरिएको बाल भेलाबाट २१ सदस्यीय प्रदेश स्तरीय बाल क्लव सन्जालको विधान पारित गरिएको हो । ६ जना मनोनित हुने गरि १५ जना विभिन्न ९ जिल्लाका बालबालिकाहरु पदाधिकारीमा चयन भएका हुन् ।

नेपालले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बाल अधिकार संरक्षण र प्रर्वद्धनका लागि गरेको प्रतिवद्धता एवम् कानुनको व्यवहारिक प्रयोगको रुपमा यस भेलाको आयोजना गरिएको राष्ट्रिय बाल अधिकार परिषदका डम्वार रोकायले बताए । उनका अनुुसार कणर्ाली प्रदेश सरकारले नेपालमै पहिलो बाल भेला गरेको छ ।

बालबालिकाको सवालमा उनीहरुको नेतृत्व स्थापित हुँदा सवालको गम्भीर्यता र मर्यादामा बृद्धि हुने भएकाले बालअधिकारको क्षेत्रमा कार्यरत बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका अध्यक्ष टीकाराम आचार्यले बताए ।

भेलाबाट बालबालिकाहरुले प्रथामिकीकरण गरेका बाल अधिकारमा आधारित १२ बुँदे कर्णाली घोषणा पत्र जारी गरीएको छ । घोषणपत्र सामाजिक विकास मन्त्रालयका सचिव सन्त बहादुर सुनारलाई बालबालिकाहरुले पेश गरेका छन् ।

१२ बुँदे कर्णाली घोषण पत्रमा बालबालिकाहरुले उठाएका सवालमा सामाजिक विकास मन्त्रालयको ध्यान आकर्षण भएको सचिव सुनारले बताए । सवालहरुको उचित सम्बोधनका लागि सामाजिक विकास मन्त्रालय बालबालिकाको साथमा रहेको र आउने दिनमा बालबालिकाहरुको क्षेत्रमा आवश्यक पहलकदम गर्ने कुराको प्रतिवद्धता जनाएका थिए ।

बाल भेलामा युनिसेफ नेपाल, सेभ द चिल्डेन, प्लान इन्टरनेशनल, युएसएआइडी, केयर, कोपिला भ्यालीबाट आर्थिक तथा प्राविधक सहयोग रहेको थियो । बाल अधिकारका लागि साझा अभियान कणर्ाली प्रदेश सुर्खेतको समन्वय सहयोगमा ३१ वटा गैससहरुको एक्यबद्धता रहेको थियो ।

बालअधिकारको संरक्षण र प्रर्वद्धनका लागि सामाजिक विकास मन्त्रालय, सुर्खेत सदैब अग्रणी भुमिका खेल्ने रहने मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञावलीले बताउनुु भयो । संघियता पश्चात नेपालकै पहिलो बाल भेला कर्णाली प्रदेशबाट सूरु भएकाले आगामी दिनमा समेत बालअधिकारको संरक्षण र प्रर्वद्धनमा मन्त्रालयले आफ्ना नीति तथा कार्यहरु संचालन गर्ने प्रतिवद्धता उहाँले व्यक्त गरिन । कार्यक्रमको संयोजन तथा व्यवस्थापन बाल अधिकारका लागि साझा अभियान कणर्ाली प्रदेशका संयोजक टेकराज आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया