वन मुद्दामा फरार वीरेन्द्रनगर–१० का कार्की पक्राउ

सुर्खेत । वीरेन्द्रनगरबाट वन मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान साढे ११ बजेको समयमा पक्राउ गरेको हो।

वन मुद्दामा फरार प्रतिवादी वीरेन्द्ननगर नगरपालिका–१० का २८ वर्षीया अनिल कार्कीलाई प्रदेश व्युरोको प्रहरी टोलीले पक्राउ गरेको हो।

कार्कीलाई ३ महिना ५ दिन कैद र २८ हजार ९४४ जरिवाना तोकिएको छ।

कार्कीलाई पक्राउ गरेर वन कार्यालयतर्फ पठाउने पहल भइरहेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया