कर्णालीमा प्रदेश स्तरीय खाद्य प्रणाली समिक्षा तथा योजना तर्जुमा गोष्ठी हुँदै

सुर्खेत । कर्णालीप्रदेश स्तरीय खाद्य प्रणाली समिक्षागोष्ठी यहिमंसिर २८ गते हुदैछ। राष्टिय योजनाआयोगको प्रमुख पहल तथा विश्व खाद्यकार्यक्रमको प्राविधिक सहयोगमा कर्णाली प्रदेश स्तरीय खाद्य प्रणाली समिक्षा तथा योजना तर्जुमा गोष्ठीको आयोजना हुने गरिएको हो।

खाद्य सुरक्षा सुचना केन्द्र, भ्रूमिव्यवस्था कृषितथा सहकारी मन्त्रालयको आयोजनामा कार्यक्रम गरिनेछ। प्रादेशिक खाद्य प्रर्णाली समिक्षा तथा योजना तर्जुमा गोष्ठिको पूर्व सन्ध्यामा अन्तरक्रियाले कार्यक्रमको समय निर्धारण गरेको हो ।

कर्णाली प्रदेशमा खाद्य प्रणाली सम्वाद, उपलब्धीहरु, खाद्य प्रणाली रुपान्तरणका लागि तीन वर्षमा गनुपर्ने कामका वारेमा समिक्षा गरिनेछ।

खाद्य प्रणालीका ६ वटा कार्यक्षेत्रमा रहेर कामगरिने भूमिव्यवस्थाकृषितथासहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए।

सबैका लागि स्वच्छ तथा पोषणयुक्त खाद्यपहूँचको सुनिचितता,दिगो खालको उपभोग पद्धतीको अवलम्वन, प्रकृतिलाई सकारात्मक प्रभावपार्ने खालको उत्पादन प्रणाली, समन्यायिकखालको जिविको पार्जनको अवस्था, जोखिम तथा विभिन्न विपत्तिहरुको विरुद्धमा उत्थानशिलखालको प्रणाली निर्माण गर्ने रणनिति तयार पारिएको छ।

तपाईको प्रतिक्रिया