बबईबाट अवैध चिनी बरामद

सुर्खेत । प्रहरीले सुर्खेत भेरीगंगा नगपालिकाको बबईबाट चिनी बरामद गरेको छ।

अस्थायी प्रहरी पोष्ट बबईले आइतबार बिहान साडे ६ बजेको समयमा भेरीगंगा नगरपालिका–५ बबईबाट अवैध चिनी बरामद गरेको हो।

नेपलगन्जदेखि जाजरकोटका लागि छुटेको प्रदेश ०२००१ ख ५१२ नम्बरको ट्रकलाई चेकजांच गर्दा कुनै पनि विल नभएको चिनी फेला पारेको हो।

स्थित प्रहरी चेक पोष्टमा प्रहरी टोलीले चेकजाच गर्दा १० बोरा चिनी (५ कुन्टल) बरामद गरी नियन्त्रणमा राखिएको प्रहरीको भनाई रहेको छ।

उक्त चिनी पचास हजार मूल्य बराबरको रहेको छ।

तपाईको प्रतिक्रिया