वीरेन्द्रनगरबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

सुर्खेत । प्रहरीले वीरेन्द्रनगरबाट लागूऔषध (ब्राउनसुगर)सहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार साझ ११ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुरबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोही स्थानमा लागूऔषध सेवन गरी रहेको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कर्यालय सुर्खेतबाट प्रहरीले टोली खटिएको थियो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगपालिका–२ बस्ने २७ वर्षीया गौरब सुनार र वीरेन्द्रनगर–४ बस्ने ३७ वर्षीया मदन थापा रहेका छन्।

उनिहरुको साथबाट १ क्वाटर नाप तौल नगरेको लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थसहित नियन्त्रणमा लिई आश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया