जुम्लाको एक विद्यालयमा आगलागी

सुर्खेत । जुम्लाको एक विद्यालयमा आगलागी भएको छ। आइतबार बिहान साढे तीन बजेको समयमा आगलागी भएको हो।

फाइल फोटो

जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मी स्थित हिम शिखर मा.विको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ।

ढुङ्गा माटोले बनेको जस्ता पाताले छाएको ६ कोठा भएको एक तले भवनमा आगलागी भएको छ।

स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको ६ वटा कोठा मध्ये ४ वटा कोठामा आगोलागी भएर क्षती समेत हुन पुगेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया