खुसीको एक हिस्सा परिवार पनि हो। जहाँ परिवार मिलेको हुँदैन त्यहाँ नर्कसरी भएको हुन्छ। घर–घर मिलेन भने समाज मिल्न सक्दैन् जसको निम्ती घरपरिवार मिल्न जरुरी छ। एकता नै बल हो। एक्लै गर्न नसकेको काम सबै मिलेर गर्ने हो भने अवश्य पनि सफलता प्राप्त हुन्छ। एक जुट भएर मिल्यो भने जस्तो समस्या आईपरे पनि समस्याको समाधान गर्न सक्छौँ।
परिवारको एक जना सदस्यले गलत बाटो रोज्यो भने सम्झाई–बुझाइ गर्न सकिन्छ वा सकिँदैन्। तर, कोसिस भने जरूर गर्नु पर्छ। के थाहा एउटा कोसिस कसैले जिन्दगीमा रंग भर्न सक्छ।
खुसी एक अर्कोलाई बाँध्ने चीज हो। जसलाई चिन्न सकिएन भने जिन्दगीको अर्थ बुझ्न गाह्रो पर्छ। हरेक दिनको किच–किच परिवार टुटाँउने अर्को साधन हो। जसलाई मायाले जनाउन पनि सकिन्छ। यस्तो व्यवहारले एकता कायम हुन सक्दैन्। तर। कसैलाई बोल्न मन पर्छ भने कसैलाई मनमा राख्न मन पर्छ।
मनमा भएका कौतुहलता मेटाउन त्यो शब्दमा उतार्ने गर्नु पर्छ। ताकि परिवार चलाउन, खुसी बाढ्न त्यहीँ चीज आवश्यक पर्छ। जसले परिवारलाई मिलाउन मद्दत गर्छ।
बुझाई शब्द देख्दा छोटो लागेको होला। तर, त्यतिनै बलियो शब्द हो। जसलाई नियाल्ने हो भने जिन्दगी एकदम सहज छ। भनेका र गरेका कुरालाई बुझ्न जानेन भने मान्छेको जिन्दगी कालो पर्दा जस्तै हुन्छ।
हरेक कुरा आफ्नो मात्र सही हुन्छ भन्ने छैन्। कुनै बेला बच्चाले भनेका कुरा पनि सही हुन्छन् त कुनै बेला बुढापाकाले भनेका कुरा पनि गलत हुन्छन्। बच्चा गलत र बुढा सही भन्ने हाम्रो चलन अझै उत्तिकै छ। उमेरले डाँडा काटेर भएन्। जब उसको विवेकले काम गर्दैन भने अनुभव पनि कति बेला गलत हुन्छ। आँखाले देखेका कति दृश्यहरु गलत हुन्छन्त।
र, पनि मान्छेले बुझ्दैन आफूले गरेका हरेक कुरा सही देख्ने यो दृष्टि पक्कै पनि राम्रो होइन। यही गलत बुझाइका कारण परिवारमा, समाजमा, सम्बन्धमा खटपट आउन सक्छ। यो कुरा हामीले हेक्का राखेको हुँदैनौं। परिवार मिल्यो भने समाज मिल्न सक्छ। समाज मिल्यो भने सिंगो समुदाय मिल्छ। समुदाय मिल्यो भने सबै कुरा बिस्तारै मिल्दै जान्छ।
हाम्रो परिवारमा भएको कलहले अर्को रुप लिन पनि सक्छ। परिवारजनबाट भएको गल्तीलाई स्वीकारेर त्यसको परिचय गरी मेलमिलाप गर्यो भने एकता बढ्न सक्छ। समाजमा हुने विभिन्न किसिमका घटनालाई त्यही गलत बुझाइले गर्दापछि पारेको हुन्छ। एउटाको सफलतामा तालि बजाउने भन्दा सिंगो समाज मिलेर उसको खुट्टा तानिरहेका हुन्छन्। सफलताको चुचुरोमा पुग्नै लागेको व्यक्तिलाई यही समाजको फोहोरी दलदलमा फसाइएको हुन्छ। यसको निम्ति व्यक्तिको व्यक्तिगत विचार, सिद्दान्त र बुझाइ सही भयो भने कसैले केही बिगार्न सक्दैन। ताकि खुट्टा तान्नपछि परेको समाजको पनि नजर तल हुन सक्छ।
सम्बन्धमा सुधार ल्याउनका निम्ति सधैं सकारात्मक सोचको साथ अघि बढ्नुपर्छ। ताकि गलत सोच्नेहरुले सम्बन्धमा नरहे पनि नजरमा नजर जुधाउन नसकुँन। परिवारमा भएको दायित्व, कर्तव्य र अधिकारलाई दुरपयोग गर्न कसैलाई छुट दिनु भएन्। ताकि एउटाको गलत निर्णयका कारण सिंगो परिवारमा कुनै समस्या सिर्जना हुन् नपरोस्। एउटाको गलत कदमले सिंगो परिवारमा असर नपर्न सबैलाई सचेत बनाउनु पर्छ।
कसैलाई आफ्नो दायरा भन्दा बाहिर जान छुट दिनु हुँदैन। पर्दामा देखिने हरेक कुरा सही हुन्छन् भन्न पनि सकिँदैन। हरेक कुरा गलत हुन्छन् भन्न पनि सकिँदैन। मान्छेको जिन्दगीमा आउने हरेक उतारचढावले नै परिवारमा,समाजमा हुने एकता लाई विलीन गराइदिन्छ। अचल अवस्थामा रहेको त्यो दिमागलाई चल अवस्थामा ल्याउन जीवनमा उतारचढाब हरुको पनि आवश्यक छ। जसले गर्दा परिवार मिल्न सक्छ र एकबद्द भएर अघि बढ्न कोसिस गर्छ।
प्रायः परिवारमा एकता भने हुँदैन। सबै मान्छे नबुझ्ने र सबै मान्छे बुझ्ने भने पक्कै पनि हुन्न। कहिले काँही बुझेर पनि नबुझेझै गर्ने समय आउन सक्छ। त्यसलाई अंगालेर अघि बढ्दा पनि फाइदा हुन सक्छ। कुनै संगठनमा हुने छलफलमा एकजना मात्र पनि नबुझ्ने मान्छे भयो भने त्यहाँ तनाव उत्पन्न हुन्न। बथान सँगै हिँडेको एउटा मात्र सिपाहीले गलत गर्यो भने सिंगो संगठन बदनाम हुन्छ। बुझ्नेले मिलाउँदै जाने नबुझ्नेले भत्काउँदै जाने यस्तो तनावपूर्ण अवस्थामा भने पक्कै एकता हुन सक्दैन्। एकता हुनको लागि समझदार हुन जरुरी छ। महान हुन जरुरी छ। जसले गर्दा गरेको गल्तीलाई पनि सहजै स्वीकार गर्न सक्ने क्षमता उत्पन्न हुन्छ।
एक वास्तविक घटना !
म सँगै एक जना रूम म्याट थियो। जसलाई मेरो जिन्दगीका हरेक मध्यबिन्दुको कुराहरू जानकार थियो। मैले मिल्ने साथी भनेर हरेक कुरा सेयर गरे। मेरो कुरा सुनेर उँ नरोएको भने पक्कै होइन्। के कति दिमागमा लाग्यो के कति मनमा लाग्यो मलाई पत्तो भएन्। तर, मैले सबै कुरा भने जसलाई यो कुरा जान्न जरूरी छ सम्झिएँ।
म त्यहाँ अबुझ थिएँ। जसलाई मनको कुनामा रहेका हरेक कुराहरू भने विडम्बना त्यो साथी समझदार थियो। जसले हामीबीच खटपट सुरु भयो। सबै कुरा भनेको थिए। तर, पनि बुझेन,सबै कुरा सुनाएँ। तर, पनि त्यो उसले केही कुरा दिमागमा लाग्यो र मन खुसी नहुँदा मैले तिमीलाई कुनै समस्यापर्दा साथ दिए।
आज तिमीले त्यसको बदलामा टाउकोमा टेक्यौँ। मेरो मतलब त्यो थिएन जसले साथ दियो उसलाई नै गलत गरेको भने पक्कै होइन्। साथी सम्झेर त सबै कुरा भने फेरि त्यसको बदलामा जवाफ फर्काउन पर्छ र मेरो एउटा मात्र नराम्रो बानी थियो। तनाव भयो कि बिलेटले हातमा घाउ बनाउने रगत बगाउने। मेरो त्यही गलत बानी थियो।
जीवनमा गलत गरे होला त्यो भन्दा ठूलो गल्ती अरु केही छैन मेरो जीवनमा। गल्ती सबैबाट हुन्छ। तर, मबाट भएको त्यही एउटा गल्ती थियो। जसले गर्दा मलाई आँशु रोक्न मन सम्हाल्न सजिलो पथ्र्यो।
मेरो कुरा, मेरो दुःख, मेरो रोदन, मेरो चित्कार र मेरो पीडा सुनेर उसले सुनाएको त्यही शब्द हो मैले तिमीलाई दुःख पर्दा साथ दिए। त्यही कुराको असाहय भएर मैले हात बिलेटले चिरेको थिएँ। उसको र मेरो मिल्ने साथिको सम्बन्धमा उतारचढाब आयो। गलत बुझाइ, गलत बोलाईका कारण तर केही कुराको कमी भएझैं महसुस भने भइरख्थ्यो।
मैले सोचेको थिएँ मेरो व्यक्तिगत जिन्दगीमा कसैले लामो औँला नाउठाओस तर आफ्नै साथीले औँला उठाउँदा म धेरै रोएको थिएँ। भनेको थिएँ। आज तिमीलाई आमा भन्दा माथि राखि मनमा भएका सबै कुरा भने। तिमीले मलाई यसरी फिर्ता गर्ने थाहा पाएको भए तिम्रो नजिक आउने थिएनँ। मलाई यो कुराको पछुतो लागेको छ। आज आमालाई सुनाएको भए यस्तो सहन पर्ने थिएन होला। म रोएको थिएँ।
जसलाई मैले आफ्नो सबै कुरा भने उसले नै वचन लगाएपछि रुन बाहेक अरु केही आउँदैन थियो। मैले बुझेको, भोगेको जिन्दगी भन्दा पनि फरक अनुभूति जब भयो तब मैले साथी सम्झेर सबै कुरा भने। उसको सामु रोएँ। यहीँ कुराले फरक खालको अनुभूति गरायो। हरेक कुरामा विवाद हुन थालेपछिसँगै बस्न जरुरी छैन् भन्ने ठानेर मैले उसँग कोठा छुट्याएको थिए।
अहिले त्यति राम्रो सम्बन्ध पनि छैन् बोल्न खोजे पनि मलाई बोल्न मन लाग्दैन्। जीवन हो। यस्तो हर कोहीलाई हुन्छ। तर, चित्त बुझाउनु पर्ने रहेछ। जिन्दगीले पाठ राम्रोसाग सिकाएको छ।
अन्त्यमा परिवार, समाज जस्ता तमाम ठाउँहरूमा एक रुपता होस् भन्ने चाहना छ। सबैको परिवार, समाज सम्बन्ध समधुर होस। एक ढिक्का भएको देख्न पाइयोस्।
जय जिन्दगी
जय नेपाली समाज
मेरो लेख पढ्ने असल प्राणी तपाईंलाई राष्ट्रिय एकता दिवसको शुभकामना।
कमला शाही । २०७९ पुष २७, बुधबार