दुर्गा मन्दिर समितिद्वारा संचालित महायज्ञको आम्दानी २६ लाख

सुर्खेत । दुर्गा मन्दिर समितिद्वारा संचालित महायज्ञको आम्दानी २६ लाख १७ हजार ५० रुपैयाँ भएको छ। श्री मद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०७९ धार्मिक पर्यटनस्थल तथा योगा भवन बनाउने उदेश्यले संचालन भएको हो।

जसमा समितिले जनकल्याण संस्थाबाट सापटि २ लाख १५ हजार, कलस वितरणबाट ३ लाख ९० हजार पाँच सय, दान पेटिकाबाट २ हजार ४ सय, दानबाट संकलित रकम १९ लाख ८८ हजार २५० र सप्ताहबाट उठेको चामल बेचेर २० हजार ९०० रुपैयाँ आम्दानि भएको जनाएको छ। जसमा केही रकम चेक आएको तर, उठाउन बाँकी रहेको समितिले जनाएको छ।

समितिले मंसिर २२ गते देखि २९ गतेसम्म भएको महायज्ञको आम्दानि विवरण मंगलबार सार्वजिनक गरेको हो।

उक्त सप्ताहका संयोजक तुल्सीप्रसाद अधिकारी दुर्गा मन्दिर व्यवस्थापन सिमितको आयोजनामा दुर्गा मन्दिर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर छिर्ने मुल गेटमै भएकोले मन्दिरलाई पर्यटकीय हब बनाउन र योगा भवन बनाउनका लागि महायज्ञ लगाईएको बताए।

तपाईको प्रतिक्रिया