प्रदेश १ मा एमाले र माओवादीले आधा–आधा कार्यकाल मुख्यमन्त्री चलाउने

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेश १ मा आधा आधा कार्यकाल मुख्यमन्त्री बनाउने सहमति जुटेको छ।

प्रधाानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सो सहमति जुटेको प्रदेश १ का माओवादी सांसद इन्द्र आङ्बोले नेपालखबरलाई जानकारी दिए।

सहमति अनुसार पहिलो मुख्यमन्त्री एमालेले चलाउनेछ । त्यसआधारमा हिक्मत कार्की आजै मुख्यमन्त्री नियुक्त हुनेछन्। यस्तै, माओवादीले सभामुख लिनेछ छ।

‘आधा आधा कार्यकाल हुनेगरी मुख्यमन्त्रीमा सहमति भएको छ,’ आङ्बोले भने, ‘सुरुमा एमालेबाट मुख्यमन्त्री बन्नेछन्।’

अहिले केहीबेरपछि मुख्यमन्त्रीकोलाई आवश्यक बहुमत लिएर प्रदेश प्रमुखलाई बुझाउने उनले बताए।

तपाईको प्रतिक्रिया