बासले कर्णालीमा भ्रष्टाचार विरुद्ध प्रदेशस्तरीय युवा सम्मेलन गर्दै

सुर्खेत । बास नेपाल कर्णाली प्रदेशले भ्रष्टाचार विरुद्ध कर्णाली प्रदेशस्तरीय युवा सम्मेलन आयोजना गर्ने भएको छ। बास नेपाल कर्णाली प्रदेशले सोमबार प्रदेशस्तरीय भ्रष्टाचार विरुद्ध सम्मेलन आयोजना गर्न लागेको हो।

मुलुकमा भ्रष्टाचारजन्य गतिविधि विकराल बनेको भन्दै यसका विरुद्ध जनचेतना जगाउन सम्मेलन आयोजना गरिएको बास नेपालले जनाएको छ।

सम्मेलनको प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री जीवनबहादुर शाही, अन्य अतिथिहरु नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरी बास्कोटो लगायतको समुपस्थित रहने बासका प्रदेश संयोजक धीरेन्द्रकुमार शाहीले बताए।

सम्मेलनमा कर्णाली प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संस्थाका प्रमुख एवंम् प्रतिनिधिहरुको सहभागिता हुने छ।सम्मेलनले भ्रष्टाचार विरुद्ध कर्णाली प्रदेश घोषणा पत्र २०७९ जारी गरिने आयोजकले जनाएको छ।

यस्तै, बास नेपाल सुर्खेत सचिव ललिता विश्वकर्मा ओडले कर्णालीका १० जिल्लाबाट पाँच सय बढी युवाहरुको सहभागितामा रहेन बताइन्। सम्मेलन आयोजनाको व्यवस्थापन खर्च चार लाख २३ हजार हुने अनुमान गरिएको छ। यसका लागि बास नेपालले विभिन्न निकाय र संघसंस्थासँग समन्वय तथा सहकार्य गरी खर्च जुटाएको बताएको छ।

तपाईको प्रतिक्रिया