कर्णालीको तेस्रो मुख्यमन्त्री बन्दै राजकुमार शर्मा

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा बन्ने भएका छन् । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकबाट कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो ।

कर्णालीमा माओवादीको सरकार बन्ने सहमति भएसँगै माओवादी केन्द्रबाट रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बन्ने भएका हो । कर्णाली प्रदेश सभामा १३ सिट सहित माओवादी दोस्रो ठूलो दल पनि हो ।

तपाईको प्रतिक्रिया