प्रधानमन्त्रीले विश्वासको मत माग्दै पढे न्यूनतम साझा कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले संसद बैठकमा विश्वासको मत मागिरहेका छन्। उनले आफू नेतृत्वको सरकारले गर्ने न्यूनतम साझा कार्यक्रमहरु पढिरहेका छन्।

यो सरकारको न्युनतम साझा कार्यक्रम सरकार बनाउन समर्थन गरेका दलले बनाएको कार्यदलले तयार पारेर सोमबार प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको हो।

प्रधानमन्त्री प्रचण्डले लिखित सम्बोधनमा सबै न्युनतम् कार्यक्रम नै पढिरहेका हुन्। ६ महिनाभित्रै सबै नागरिकलाई नागरिकता, एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण सक्ने उनको अडान छ।

आर्थिक बृद्धि, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने प्रधानमन्त्रीले बताए।

तपाईको प्रतिक्रिया