वीरेन्द्रनगर सहकारीको २१औं वार्षिक साधारणसभा सम्पन्न

सहकारी सञ्चालन समिति चयन

सुर्खेत । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधारणसभाले नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ।

सहकारी सञ्चालन समितिको अध्यक्षमा बमबहादुर बिसी निर्विरोध निर्वाचित भएका छन्।

वरिष्ठ उपाध्यक्षमा श्याम पौडेल, उपाध्यक्षमा रेश्मा उपाध्याय र सचिवमा रमेशकुमार सापकोटासहित १५ सदस्यीय सहकारी सञ्चालन समितिमा निर्विरोध निर्वाचित गरिएकाे छ।

हाल सम्म यस सहकारीका सुर्खेत जिल्लाका विभिन्न ठाउँमा गरेर १२ वटा शाखाहरु सञ्चालन भएका छन्। भने १९ हजार २ बढी सेयर सदस्य रहेका छन्।

यस्तै, सञ्चालक समितिको सचिवमा निर्वाचित भएसँगै रमेशकुमार सापकोटाले निर्विरोध निर्वाचित अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी, संचालक समिती सदस्यहरु, लेखा सुपरीवेक्षण समिति संयोजक तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन्।

साथै उनले संचालक समिती र लेखा सुपरीवेक्षण समितीलाई निर्विरोध निर्वाचित गराउन सहयोग गर्ने सम्पुर्ण सेयर सदस्यहरु तथा निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद सापकोटा लगायत सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका छन्।

साथै सापकोटाले संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापा लगायत सम्पुर्ण कर्मचारीहरू समेत धन्यवाद दिएका छन्।

तपाईको प्रतिक्रिया