कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि कर्णाली र सुदूरपश्चिम जोडिए

सुर्खेत ।  सुर्खेतको पञ्चपुरी–११ कुइने र कैलालीको मोहन्याल–७ बडीगाउँ जोड्न कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि कर्णाली र सुदूरपश्चिम जोडिएका छन् । सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारि र पारि सडक सञ्चालनमा छ ।

३ सय मिटर दूरीको पुल ३२ करोड रुपैयाँको लगानीमा निर्माण भएको हो । पुल बनेपछि स्थानीयको वर्षौंदेखिको पैदल यात्रा घटेको छ । यसअघि सुदूरपश्चिमसँग जोडिएको सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दालाई कैलाली हुँदै भारतबाट आउने व्यापारिक सामग्री ढुवानी गर्न असहज थियो ।

‘अब पुल बन्यो, भारतबाट दैनिक उपभोग्य सामग्री सस्तो र छिटो यहाँ आउने भयो,’ पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले भने, ‘यसअघि सामानकै लागि झोलुंगे पुल र नाउ तर्दै कर्णाली चिसापानी हुँदै कटासे, गौरीफन्टा र कैलालीका विभिन्न बजारमा पुग्नुपर्ने बाध्यता थियो ।’ दुई प्रदेश जोड्न मोटरेबल पुल निर्माण भएपछि १४ किलोमिटर दूरीमा महेन्द्र राजमार्गको चिसापानी पुग्न सकिने भएकाले व्यापारमा सजिलो भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया