भ्रष्टाचार मुद्दामा फरार रत्नबहादुर पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट भ्रष्टाचार मुद्दामा फरार रत्नबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलाका ४० वर्षीय विकलाई प्रहरीले पक्राउ गरेको हो।

सुर्खेत जिल्ला अदालतको लगत नं. ३३९९ भ्रष्टाचार मुद्दामा २ वर्ष कैद र १४ लाख ३३ हजार ४ सय ३४ रुपैँया जरिवाना तोकिएको छ।

विकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनको घरबाट नियन्त्रणमा लिएको थियो।

विकलाई पक्राउ गरि प्रहरीले सुर्खेत जिल्ला अदालतको जिम्मा लगाएको छ।

तपाईको प्रतिक्रिया