साविक कर्णालीका हिमाली जिल्लामा हिमपात

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ। हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा सोमबार माघ रातिदेखि नै हिमपात भएको हो।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ। यसअघि हुम्लाको सिमकोटमा गत ६ माघमा पनि अत्यधिक हिउँ परेको थियो।

अन्य जिल्लामा गएरातिदेखि अहिले पनि पानी परिरहेको छ। अहिले हुम्ला सिमिकोटको तापक्रम ३ डिग्रि सेल्सियस छ।

बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन्। हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन्।

चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समेत समस्या भएको छ।

तपाईको प्रतिक्रिया