भाग–१

भाग–१ : पार्टी कार्यालयका सटर खाली गराउँदै वीरेन्द्रनगर नगरपालिका

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत नगर विकास समितिका नाममा रहेका जग्गा खालि गराउने भएको छ । आइतबार नगर विकास समितिलाई पूणर्ता दिदै नगर प्रमुख मोहनमाया ढकालले सरकारका नाममा रहेका तर व्यक्तिले हडपेका सरकारी जग्गाको खोजि गरी लगत कट्टा गराएर संरक्षण गर्ने बताएकी हुन् ।

सरकारी जग्गा खालि गराउने पक्रियाको सुरुवात नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयमा बनेका सटरबाट गरिने नगर प्रमुख ढकालले जानकारी दिइन । ‘सरकारी जग्गा एउटा प्रयोजनका लागि भाडामा लिएको तर प्रयोग भने आफू खुशी गरेका जग्गामा बनेका संरचना खाली हुन्छन् ।’ नगर प्रमुख ढकालले भनिन्, ‘यसको सुरुवात हामीले पार्टी कार्यालयबाट गर्दैछौं, नगर विकास समितिले पूणर्ता पाएसँगै हामीले सर्वदलिय सहमती पनि जुटाई सकेका छौं ।

केही दिनमा समितिको बैठक बसेर जग्गा खाली गराउने पक्रिया सुरु हुन्छ ।’ माओवादी केन्द्रले २ वटा र एमालले ८ वटा सटर व्यवसायिक प्रयोजनका लागि भाडामा लगाउदै आएका छन् ।

नगर विकास र जिल्ला समन्वय समितिका नाममा रहेको जग्गामा वषौंदेखि व्यक्तिले आफू खुशी संरचना बनाएर प्रयोग गर्दै आएका छन् । यति मात्रै होइन पहुँचका आधारमा कम भाडा कबुल गरी केही व्यक्तिले महंगोमा भाडा लगाएर राज्यलाई करोडौं रकम घाटासमेत लगाइ रहेका छन् ।

नगरपालिकाले परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्वको क्षेत्र पहिचान गरी अतिक्रमण रोक्नुका साथै सुर्खेत उपत्यका नगर विकास समिति लगायत अन्य सरकारी जग्गा खोजबिन गर्ने निणर्य यसअघि नै गरिसकेको छ ।

तपाईको प्रतिक्रिया