काठमाडौँ । सुनको मूल्यमा दुई दिनयता ठूलो उतारचढाव देखिएको छ। अघिल्लो दिन ऐतिहासिक विन्दुमा पुगेको सुन फेरि एकै दिन १४ सय प्रतितोला सस्तो भएको हो।
बिहीबार १ लाख ७ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा शुक्रबार १ लाख ६ हजार १ सय रुपैयाँमा झरेको हो।
बुधबार १ लाख ६ हजार ३ सय रुपैयाँ प्रतितोलाबाट सुन एकैपटक १२ सय रुपैयाँले बढेको थियो।
आज तेजाबी सुन पनि १ लाख ५ हजार ६ सय रुपैयाँमा झरेको छ। बिहीबार तेजाबी सुन १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्यमा पनि ठूलै उतारचढाव देखिएको छ। बिहीबार १ हजार ३ सय ९५ प्रतितोला मूल्यमा कारोबार भएकामा शुक्रबार ३० रुपैयाँले सस्तो भएको हो। योसँगै आज चाँदी १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको छ।
नेपालीरैबार । २०७९ माघ २०, शुक्रबार