कानुन मन्त्री जिसीले गरे प्रदेश प्रहरी कार्यालयको अनुगमन

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी (जितेन्द्र)ले कर्णाली प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालयको अनुगमन गरेका छन्। शुक्रबार मन्त्री जिसीले अनुगमन गर्दै प्रदेश प्रहरीका काम कारबाही र अवस्थाका बारेमा जानकरी लिएका हुन्।

अनुगमनका क्रममा मन्त्री जिसीले प्रहरीका गालि आवश्यक पर्ने भौतिक संरचना, संगठन संरचना र प्रविधि तथा आवश्यक जनशक्तिका बारेमा चासो लिदै प्रदेश सरकारले प्रहरीसँग हातेमालो गर्दै अघि बढ्ने बताए।

अहिले प्रहरी संरचना संघ सरकारको माताहतमा रहेकोले प्रदेश सरकारले खासै वास्ता नगरेको जस्तो देखिए्रको भन्दै मन्त्री जिसीले प्रदेशका लागि नै प्रहरीले काम गरिरहेको र पछि प्रदेश सरकारककै एक हिस्सा हुने भएकाले प्रहरीलाई हरेक हिसाबले सशक्त पार्नुपर्नेमा जोड दिए।

उनले प्रहरीको लािग आवश्यक पूर्वाधार र प्रविधिका लागि बजेटको व्यवस्था गर्न पहल गर्ने बताए । बजेटको अपुग्ताका बिचबाट पनि प्र्रहरीले राम्रो काम गरिरहेको भन्दै आवश्यक संरचना निर्माण गर्न, ट्राफिक लगायत विपदका सामाग्रीका लागि आवश्यक बजेटको पहल गर्ने उनको भनाई छ।

साथै विपद र अपराध अनुसन्धानमा प्रहरी नै अग्र भागमा काम गर्ने भएकाले प्रहरीको समन्वयमा प्रदेशमा कम्तिमा दुई वटा कार्यान्वयन इकाई आवश्यक्ता देख्रिएको उनको भनाई छ।

मन्त्री जिसीले हाल लुम्बनी प्रदेशको नेपालगञ्जमा रहेका कर्णाली प्रदेश प्रहरी तालीम केन्द्र, कर्णाली प्रदेश संघिय प्रहरी इकाई कार्यालय र कर्णाली प्रदेश विशेष प्र्रहरी सुरक्षा गण कर्णाली प्रदेशमा स्थानान्तर गर्नका लागि आवश्यक ठा्ँउको खोजी गरी काम अघि बढाउन पहल गरिने पनि बताए।

कर्णाली प्रदेश प्रमुख भिमबहादुर ढकालले मन्त्री जिसीलाई प्रदेश प्रहरीले गरिरहेका काम कारवाही र अवस्थाजन्य रिपोर्ट अवगत गराएका थिए। प्रदेश प्रहरीको अभिभावक भनेकै प्रदेश सरकार भएकाले प्रदेश सरकारले प्रहरीलाई शसक्त बनाउन पहल गर्नेमा आशावादी रहेको बताए।

कर्णालीमा प्रदेश सरकारको समन्वयमा विशेष सुरक्षा योजना बनाउन लागिएको भन्दै कर्णालीमा सुरक्षा व्यावस्था अब्बल बनाउनेमा विश्वस्त रहेको बताए ।

तपाईको प्रतिक्रिया