सुर्खेत बसपार्कमा बसको ठक्करबाट घाइते महिलाको मृत्यु

सुर्खेत । सुर्खेत बसपार्कमा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु छ । आइतबार दिउँसो अन्दाजी २ ः ३० बजेतिर बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले ति महिलालाई ठक्कर दिएको हो ।

नाम थर र ठेगाना नखुलेकी अन्दाजी ६६ वर्षीय महिलाको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । उनकअनुसार बसपार्क भित्रै घटनाको कारण भने खुलेको छैन् ।

‘घटना लगत्तै भीड जम्मा भइसकेकाले कसरी घटना भयो भन्ने अहिल्यै केही खुलेको छैन,’ प्रवक्ता शाहीले भने, ‘बसलाई नियन्त्रणमा लिएका छौं, चालक फरार रहेकाले खाजीसँगै घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ ।’

तपाईको प्रतिक्रिया