आफन्त र प्रहरीबीच दोहोरो झडप, चार राउण्ड अश्रु ग्यास प्रहार

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो।

आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन्।

आन्दोलनलाई साम्य पार्ने प्रयास गरिएपनि प्रहरीले सकिरहेको छैन भने आन्दोलनले थप उग्र रुप लिँदै गएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीका अनुसार १३० जना प्रहरीको टोली आन्दोलन स्थलमा तैनाथ गरिएको छ।

तपाईको प्रतिक्रिया