कर्णालीका अर्थमन्त्री शाहले कर्मचारीलाई भने– १५/१५ दिनमा रिपोर्ट चाहियो

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले कर्मचारीहरुले कार्यालयमा गरेको प्रगति विवरण १५–१५ दिन उपलब्ध गराउन आग्रह गरेका छन्। मंगलबार जिल्ला प्रशासन कार्यालय दैलेखमा भएको कार्यक्रमा जिल्ला स्थित रहेका सम्पूर्ण कार्यालयका कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन्।

मन्त्री शाहले दैलेखका स्थानीय तह र जिल्लास्तरमा रहेका सम्पूर्ण कार्यालयका प्रमुखहरुले कर्यालयमा भएको कार्यको विवरण १५–१५ दिनमा आफुलाई जानकारी गराउनुपर्ने निर्देशन दिएका हुन्।

मन्त्री शाहले भने, ‘प्रत्येक कार्यालयमा पुजिगत खर्च द्रुतगितमा हुनु पर्यो, चालुखर्च मात्रै बढ्ने तर, पुजितगत न्युन हुने समस्यालाई समाधान गर्न लाग्नुपर्ने देखिन्छ। जसका लागि समन्वय र सहकार्य आवश्यक छ। त्यो मेरो तर्फबाट पूर्णरुपमा हुन्छ।’

मन्त्री शाहलाई जिल्ला स्थित सम्पूर्ण कार्यालयका प्रमुखहरुले आफ्नो कार्यालयमा भएको प्रगति विवरणबारे जानकारी गराएका थिए। उक्त जानकारी लिए प्रश्चाप मन्त्री शाहले भने, ‘जुन काम कार्यालय प्रमुखले गर्नुपर्ने लक्ष्यअनुसारको काम थियो। त्यो गर्नसक्नु भएन्। तपाईंहरु आफुले गर्ने कामकर्तव्यमा खटेर लाग्नुहोस् तपाईंको रिजल्ट राम्रो हुन्छ। हाम्रो कर्तव्य के हो भुल्नु हुँदैन्।’

यस्तै, मन्त्री शाहले जनप्रतिनिधि र राष्ट्रसेवकको अन्तरसम्बन्धबीच द्धन्द्ध नभई समधुर हुनुपर्ने सुझाव दिए।

तपाईको प्रतिक्रिया