कर्णालीका पूर्व सांसदहरुद्वारा मञ्च गठन, अध्यक्षमा रावल

सुर्खेत । कर्णालीमा पूर्व सांसदहरुकाे साझा एकता कायम गर्न मञ्च गठन गरिएकाे छ । २०७४ सालकाे निर्वाचनबाट निर्वािचत सांसदहरुकाे भेलाले एकता कायम गर्न, सांसदहरुलाई दक्ष बनाउने र प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्ने उदेश्यले निवर्तमान सांसदहरुले पूर्व प्रदेश सभा सदस्य मञ्च गठन गरिएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता गरिएको मञ्चमा पूर्व सामाजिक विकास मन्त्री दल रावलकाे अध्यक्षता गठन गरिएकाे छ । संस्थाको तदर्थ समितिको उपाध्यक्षमा नेपाली काँग्रेसका अमृता शाही, महासचिवमा नेकपा माओवादीका कृष्णा शाह, सचिवमा एमालेका पदमा खड्का, कोषाध्यक्षमा एमालेकै मिनासिंह रखाल छन् ।

यस्तै सदस्यमा एमालेका करविर शाही, राजु नेपाली, नन्दसिंह बुढा, बद्यमीक्वारी बोहोरा छन भने माओवादीका रातो कामी र काँग्रेसका झोवा कामी सदस्य छन् । संस्था दर्ता पश्चात गठित तदर्थ समितिले कर्णाली प्रदेश सभामा पत्रकार सम्मेलन गर्दै संस्थाको काम भनेको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु रहेकाे अध्यक्ष रावलले बताए ।

सांसदहरुलाई परामर्श दिने, कानून निर्माणमा सहयोग गर्ने, कर्णाली प्रदेश सभालाई मर्यादित बनाउँदै सुदृढ गर्ने हाम्रो उदेश्य रहेकाे उनले बताए । अध्यक्ष रावलकाअनुसार तीनै तहका लक्ष्य प्राप्तीमा योगदान दिनेदेखि विकास साझेदार संस्थाहरुसँग कर्णालीको विकासका लागि बहस पैरवी गर्ने समेत याेजना छ ।

उनका अनुसार मञ्च, प्रदेश सभा र प्रदेश सरकारका बीचमा आवश्यक सल्लाह सुझाव दिने र सातै प्रदेशमा मञ्च गठन गर्न लगाएर त्यसको छुट्टै संरचना निर्माण गर्ने तयारी भएको हो । संस्थामा आवद्ध पूर्व सदस्यहरुले वार्षिक रुपमा एक हजार सदस्यता नविकरणका लागि दिनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य र मानार्थ सदस्यता वितरण गरिने अध्यक्ष रावलले जानकारी दिए । संस्थाको संरक्षकमा वर्तमान सभामुख राजबहादुर शाही र उपसभामुख पुष्पा घर्ती रहेका छन । सल्लाहकारमा पूर्व मुख्यमन्त्री, पूर्व सभामुख, पूर्व उपसभामुख, पूर्व विपक्षी दलका नेता रहेका छन् ।

तपाईको प्रतिक्रिया