पर्यटन सम्भावना भएपनि छैन प्रवर्द्धन

कालीकोट । यहाँका धार्मिक तथा प्राकृतिक महìवका पर्यटकीय गन्तव्यको उचित प्रवर्द्धन हुन सकेको छैन । स्थानीय तथा प्रदेस सरकारले व्यवस्थित पर्यटन याेजना बनाउन नसक्दा पर्यटकीय महत्वका स्थल ओझेलमा परेका छन् ।

स्थानीय तहले छिमेकी जिल्ला अछाम, बाजुरा, दैलेखसहित जिल्लाका विभिन्न पालिकासँग जोडिएका महत्वपूर्ण गन्तव्यको पहिचान र प्रचार गरी पूर्वाधार निर्माण गर्न थालेका छन् । पर्यटकीय स्थलको गुरुयोजना बनाउने र तिनीहरूको प्रचार एवं विकासमा पालिकाले पहलसमेत गरेकै छन् । यद्यपि पूर्वाधार निर्माणले मात्रै पर्यटकलाई आकर्षित गर्न सकिन्न ।

महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले चर्चामा आएका गन्तव्यको पूर्वाधारमा जोड दिने र ओझेलमा रहेका स्थलको प्रचारलाई जोड दिन थालिएको बताए । उनले कालीकोटमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र रहेको चर्चा गर्दै भने, “कति हामीले पहिचान गरेका छाैं, कति त पहिचान गर्न बाँकी नै छन् । पहिचान र प्रचारका लागि निरन्तर लागिरहेका छाैं । पहिचान भइसकेका स्थलमा पूर्वाधार निर्माण गर्ने र प्रचार गर्ने कार्यमा जुटेका छाैं ।”

विशेष गरी महावै गाउँपालिका दैलेखसँग जोडिएको प्रसिद्ध महावुधाम पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचारमा जुटेको छ । यस्तै त्रिवेणी क्षेत्र कालीकोटको सिमानामा पर्ने बडीमालिका, त्रिवेणी पाटनजस्ता पर्यटकीय क्षेत्रको विकासका लागि कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका र बाजुराको बडीमालिका नगर पालिकाले दुवै पालिका जिल्ला र प्रदेश सरकारसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकासका लागि जुटेका छन् ।

सान्नीत्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले अन्तर पालिकाबीचको समन्वयमा पर्यटन क्षेत्रको पूर्वाधार विकास कार्य अघि बढाइएको बताइन । उनले थुप्रै परम्परागत धार्मिक कला, संस्कृतिसँगै प्राकृतिक सौन्दर्यले भरिएका ठाउँ छन् । धेरै जसो पर्यटकीय तथा धार्मिक क्षेत्र विभिन्न जिल्लाका सिमानामा रहेका छन् ।

उनले भनिन , “त्यसले गर्दा दुवै जिल्लाको समन्वय सहकार्य गरेर विकास गर्दा राम्रो हुने हुँदा छलफल गरिरहेका छौं ।” देशका एक सय गन्तव्यभित्र राखिएको एसियाकै अग्लो भन्ने र दाबी गरिएको कालीकोटको पचालझरना मानिन्छ । प्रसिद्ध पर्यटकीय क्षेत्र बडीमालिका, तिलागुफा, रुरुबन्चु, पञ्चदे वललगायत क्षेत्र अझै गुमनाम छन् । आधा कराेड बजेट खर्च गरेको गाउँपालिकाले झरनासम्म कुनै पनि आगन्तुकलाई पुर्याउन सकेको छैन ।

तपाईको प्रतिक्रिया