काँक्रेबिहार यातायातले सञ्चालनमा ल्यायो स्काई सेन्टर एयर एसी बस

सुर्खेत । सुर्खेत काँक्रेबिहार यातायात प्रा.लि.ले नयाँ एयर स्सपेसन एसी बस सञ्चालनमा ल्याएको छ। यात्रुहरुको रोजाईँमा रहेको काँक्रेबिहार यातायातले तीन वटा नयाँ एसी बस थपेर यही फागुन १५ गतेदेखि सञ्चालनमा ल्याएको हो।

सुर्खेत–काठमाडौँ रुटमा चल्ने उक्त बसको नाम स्काई सेन्टर एयर एसी राखिएको यातायात प्रा.लि.का अध्यक्ष रमेश कुमार सापकोटाले जानकारी दिए। उनले भने, ‘दुईवटा अर्थ लाग्ने गरेर स्काई नाम राखेका छौँ। स्काई भनेको आकाश, अर्को अर्थमा हाम्रो यातायातको नाम मिलाएर स्काई सेन्टर एयर एसी नाम राखिएको छ। यात्रुहरुको माग अनुसार हामीले तीन वटा बस सञ्चालनमा ल्याउन सफल भएका छौँ। अब आउने दशैंमा थप दुई वटा यस्तै खालको बस थप्ने तयारी रहेको छ।’

यस्तै, यो बसको एसी अन्य बसहरुको भन्दा फरक रहेको छ। अन्य एयर बसको सिटको माथी भएको लाईटहरुबाट नै एसीको हावा आउने र त्यो यात्रुको टाउँकोमा पर्ने हुन्छ। भने यो बसको एसी सेन्टरमा अर्थात सिलिङमा राखिएको र जसको हावा सिधैँ टाउँकोमा नपर्ने विशेष्ता रहेको अध्यक्ष सापकोटाले बताए।

उनका अनुसार बस भित्र हवाईजहाजको जस्तै सामान/झोलाहरु राख्ने ¥याकहरुमा ढोका भएको, खोल्न मिल्ने सिसा, साथै सोफा टाईपको ४० वटा सिट यस बसमा रहेका छन्।

पश्चिम नेपाल मै यो एसी बस नयाँ भएको काँक्रेबिहार यातायात प्रा.लि.ले जनाएको छ।

यस्तै, अध्यक्ष सापकोटाले सुर्खेतमा संयुक्त यातायात व्यवसायी रुपमा बसहरु सञ्चालन भएका कारणले प्रत्येक दिन सेवा दिनमा केही समस्या भएको बताए। उनले भने, ‘यात्रु महानुभावहरुमा यो बस प्रतिको माग बढ्दै गएको छ। यो गाडीमा यात्रा गर्नुभएको यात्रुहरुले सुर्खेत–काठमाडौँ जादाँ आउँदा पनि यहीँ गाडी खोज्दै आउँनु भएको छ। र रिर्जवका लागि पनि माग बढ्दै आएको छ।’

तपाईको प्रतिक्रिया