ज्यान मार्ने उद्योग मुद्दामा फरार सुदिप पक्राउ

सुर्खेत । ज्यान मार्ने उद्योग मुद्दामा फरार सुदिप शाही दैलेखको राकमबाट पक्राउ परेका छन्। सुर्खेतबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले उनलाई दैलेखको राकमबाट नियन्त्रणमा लिएको हो।

सुर्खेत जिल्ला अदालत सुर्खेतले उनलाई ज्यान मार्ने उद्योग मुद्दामा ५ महिना १४ दिन कैद र दश हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका थिए।

आठबीस नगरपालिका–८ दैलेखका २८ वर्षीया सुदिप शाहीलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयले सुर्खेतले उनलाई नियन्त्रणमा लिई जिल्ला अदालत सुर्खेतमा बुझाएको छ।

तपाईको प्रतिक्रिया