हुम्लामा बम जस्तो देखिने शंकास्पद वस्तु फेला

सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ। गाउँपालिका–७ पानीभर्ना चौर स्थित हिल्सा सिमकोट सडक खण्डको छेउमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ।

सोही वडाको धारापोरी बस्ने धर्मबहादुर शाहीले बम जस्तो देखिने बस्तु भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

प्रहरी चौकी धारापोरी उक्त बस्तुको व्यवस्थापनका लागि नेपाली सेना बरादल गुल्म हुम्लालाई जानकारी गराइ सकेको जनाएको छ।

तपाईको प्रतिक्रिया