राष्ट्रिय युवा संघ नेपाल दैलेखको अध्यक्षमा जीवन शाही

सुर्खेत । नेकपा एमाले निकट संगठन राष्ट्रिय युवा संघ नेपाल दैलेखको अध्यक्षमा जीवन शाही चयन भएका छन्। आइतबार भएको संघको ८औँ जिल्ला अधिवेशनले शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

उपाध्यक्षमा हिक्मत ओली, सचिवमा चेतन जैसी, उपसचिवमा देवेन्द्र शाही र गोविन्द गुरुङ्ग सर्वसम्मच चयन भएका छन्।

यस्तै, अधिवेशनबाट ४३ सदस्यीय नयाँ कमिटि गठन भएको अध्यक्ष जीवन शाहीले जानकारी दिए।

तपाईको प्रतिक्रिया