मलेसियामा भएको सडक दुर्घटनामा दाङ घर भएका केसीको मृत्यु

मलेसिया । सडक दुर्घटनामा परेर मलेसियामा एक नेपालीको मृत्यु भएको छ । आज विहान करिव ६ बजेतिर साथीलाई कामस्थलमा छोड्न जानेक्रममा दाङ घर भएका करिव ३५ वर्षीय रुपचन्द्र केसीको कारको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।


नेपालबाट नयाँ गएका साथीलाई कामस्थल देखाउन सडक पार गर्ने क्रममा कारले ठक्कर दिएको उनीसँगै कोठामा बस्ने कपिल खड्काले जानकारी दिए ।

केसीलाई मलेसियाकाे सेलाङ्गाेर जिल्लाकाे पुत्रजया राजमार्गमा कारले ठक्कर दिएकाे हाे । ‘हामी बस्ने होस्टेलमा उहाँको डिउटी थियो, अर्को साथीले काम गर्ने स्थल थाहा नभएकाले ठाउँ देखाउन सडक पार गर्ने क्रममा कारले ठक्कर दिएको हो,’ खड्काले भने, ‘विच सडकमै उनलाई ठक्कर दिएपछि केसीको घटनास्थलमै मृत्यु भयो । प्रहरीले शव उठाएर अस्पताल लगेको छ ।’

केसी विगत तीन वर्षदेखी मलेसियामा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका थिए । उनको घर दाङ भएपनि अन्य ठेगाना पहिचान भइनसकेको उनीसँगै बस्दै आएका नेपालीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया