मुगुमा शौचालय जादा लडेर एक महिलाको मृत्यु

सुर्खेत । मुगुमा शौचालय जादा लडेर एक महिलाको मृत्यु भएको छ। बिहीबार राती करिब २ बजेको समयमा छाँयानाथ रारा नगरपालिका–२ मा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुले छाँयानाथ–२ गमगढी स्थित दल बुढाको घरमा खत्याड गाउँपालिका–८ आँप घर भई हाल कोहलपुर बाँके बस्ने अन्दाजी ३९ वर्षीय तुलसी खड्का (कार्कि)को मृत्यु भएको हो।

प्रहरीका अनुसार शौचालय जाने क्रममा भर्‍याङबाट लडेर मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया