सुर्खेत बहुमुखी क्याम्पसमा १६८१ मत खस्यो

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गतको सुर्खेत बहुमुखीको क्याम्पसमा मतदान सकिएको छ। तीन हजार २३ जना विद्यार्थीहरुका एक हजार ६८१ जना मतदान गरेका छन्।

यस क्याम्पसमा अध्यक्ष पदका लागि ७ जना प्रतिस्पर्धामा छन्। तर, अनेरास्ववियुबाट उम्मेदवार बनेका अक्कलबहादुर सिजापति र गठबन्धनकोतर्फबाट अखिल क्रान्तिकारीका हिक्मत शाहीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

तपाईको प्रतिक्रिया