स्ववियु निर्वाचन : कर्णालीमा ३३ क्याम्पसकाे नतिजा आउँदा काे-कहाँ विजयी

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन अन्तर्गत कर्णालीका अधिकांश क्याम्पसहरुको नतिजा आइसकेको छ । कर्णालीमा मध्यपश्चिम विश्वविद्यालय र त्रिभूवन विश्वविद्यालय अन्तर्गतका ३८ वटा क्याम्पस र १ विश्वविद्यालय छन् भने ३ वटा विश्वविद्यालयका आंगिक क्याम्पस प्रदेश बाहिर छन् । प्रदेशभित्रका ३९ वटामध्ये ३३ वटा क्याम्पसहरुको नतिजा सार्वजनिक भइसकेको छ ।

यस्तै मध्यपश्चिम विश्वविद्यालयसहित ४ वटामा विविध कारण चुनाव हुन सकेन । मध्यपश्चिम विश्वविद्यालय र त्यसका आंगिक क्याम्पस नारायण बहुमुखी क्याम्पस दैलेख, मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिममा स्ववियू निर्वाचन हुन सकेन ।

मध्यपश्चिम विश्वविद्यालय र मुसिकोटमा उच्च अदालतमा रिट परेको कारण चुनाव हुन सकेन भने नारायण क्याम्पसमा विद्यार्थी संगठन र निर्वाचन टोलीबीचमा आपसी मदभेदका कारण चुनाव हुन सकेन । यस्तै त्रिभूवन विश्वविद्यालय अन्तर्गतका जाजरकोटको नलगाड बहुमुखी क्याम्पस र दैलेखको कोटदेवल क्याम्पस अवलपराजुलमा पनि विवादका कारण चुनाव रोकिएको छ ।

नलगाडमा मतदानको अन्तिमतिर फर्जी मत हालेको विषयलाई लिएर विवाद भएकाले पुनः चुनाव गर्ने वा त्यसैलाई सहमतिका आधारमा अघि बढ्ने भन्ने विषयमा निर्णय आएको छैन ।

यस्तै सबैले प्रतिष्ठाको विषय बनाएको सुर्खेत बहुमुखी क्याम्पसको नतिजा पनि आउन बाँकी छ । नतिजा आएका करिब १७ वटा क्याम्पसमा निर्विरोध रुपमा चुनाव सम्पन्न भएको थियो भने आइतबार १८ वटा क्याम्पसमा चुनाव भएको थियो । त्यसमध्ये नलगाडमा बीचैमा विवाद हुँदा चुनवा रोकिएको छ ।

नतिजा आएका १५ वटा क्याम्पसहरुमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी०ले वर्चश्व जमाएको छ । यस्तै नेपाली कांग्रेस निकट नेविसंघले १२ र नेकपा एमाले निकट अनेरास्ववियु भने जम्मा ५ वटा क्याम्पसमा सीमित बनेको छ । एक क्याम्पसमा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
कपुरकोट बहुमुखी क्याम्पस सल्यानमा भने स्वतन्त्र उम्मेदवार रामप्रसाद आचार्यले जितेका हुन् । उनी नेविसंघबाट टिकट नपाएपछि स्वतन्त्र लडेका थिए । विषेशगरी गठबन्धनका कारण नेविसंघलाई फाइदा पुगेको छ भने अखिल क्रान्तिकारीबाट अध्यक्षका उम्मेदवार बनेकाहरु निर्विरोध निर्वाचित भएका छन् ।

कुन विद्यार्थी संगठनले कुन क्याम्पसको नेतृत्व पाए ?

अखिल क्रान्तिकारी 
—जनचेतना बहुमुखी क्याम्पस कालिकोट : पार्वती सन्ज्याल
—तिला कर्णाली बहुमुखी क्याम्पस कालिको : हिक्मत सिंह
— जहारी क्याम्पस, खोलागाउँ रुकुम पश्चिम : भरत विक
—राडिज्यूला शिक्षा क्याम्पस,आठबिसकोट रुकुम पश्चिम : दिपक केसी
—सिंजा बहुमुखी क्याम्पस सिंजा जुम्ला : सन्तोष आचार्य (निर्विरोध)
—स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिम : किरण विश्वकर्मा (निर्विरोध)
— सानोभेरी शिक्षा क्याम्पस रुकुम पश्चिम :  वीरभान भण्डारी (निर्विरोध)
— सितल क्याम्पस चौरजहारी रुकुम पश्चिम : निराजन केसी (निर्विरोध)
—सिम्रुतु क्यापस, त्रिवेणी रुकुम पश्चिम : निर्मला बुढाथोकी (निर्विरोध)
— चतुर्देव क्याम्पस रातापानी मुगु : मन्सुर कार्की (निर्विरोध)
— बनगाड क्याम्पस सल्यान :  अजय विष्ट (निर्विरोध)
—थारल्ला बहुमुखी क्याम्पस दार्मा सल्यान : बरुण न्यौपाने (निर्विरोध)
— लिखु संयुक्त क्याम्पस डोल्पा : रनचन्द्र शाही (निर्विरोध)
— जनज्ञानकुञ्ज क्याम्पस जाजरकोट :  जागेश्वर थापा (निर्विरोध)
—जनकल्याण क्याम्पस थारमारे सल्यान :  एकराज ओली (निर्विरोध)
नेविसंघ 
—चामुण्डा कलेज दैलेख : सुनिलकुमार शाही
—आठबिस शिक्षा क्याम्पस तिलेपाटा दैलेख : नगेन्द्रबहादुर शाही
—द्रोणाचल बहुमुखी क्याम्पस दुल्लु दैलेख : प्रकाश थापा
— रारा बहुमुखी क्याम्पस मुगु : राज तामाङ
— नन्दादेवी बहुमुखी क्याम्पस कालिकोट : जुनिता विष्ट (निर्विरोध)
—गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत : गोपाल खड्का (निर्विरोध)
—मानोसरोबर बहुमुखी हुम्ला : नरेन्द्र भण्डारी (निर्विरोध)
—विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत : चेतन नेपाली
—जुम्ला बहुमुखी क्याम्पस जुम्ला : महेश हमाल
—डोल्पो क्याम्पस डोल्पा : खिमबहादुर रोकाय
— भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट : प्रकाशसिंह ठकुरी
— रुकुमेली क्याम्पस,खलङ्गा रुकुम पश्चिम : अनिशेष केसी
अनेरास्ववियु 
—सिम्ता बहुमुखी क्याम्पस सुर्खेत : स्धनश्याम रेग्मी
—अमरदीप क्याम्पस सुर्खेत : अनुप ढकाल (निर्विरोध)
—हिम शिखर बहुमुखी क्याम्पस सुर्खेत : सिर्जना रसायली (निर्विरोध)
— भेरी क्याम्पस गुमी सुर्खेत : शक्ति पौडेल
—सल्यान बहुमुखी क्याम्पस सल्यान : राजेश वली (निर्विरोध)
स्वतन्त्र 
—कपुरकोट बहुमुखी क्याम्पस सल्यान : रामप्रसाद आचार्य

तपाईको प्रतिक्रिया