स्ववियु निर्वाचन : सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको सुरुवाती अग्रता

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुले सुरुवातीमा अग्रता लगेको छ। हालसम्म भएको गणनामा अनेरास्ववियुले अग्रता लिएको हो। अनेरास्ववियु र (नेपाल विद्यार्थी संघ तथा अखिल क्रान्तिकारी)बीच भनेको गठबन्धनबीच प्रतिस्पर्धा भएको छ।

यो समाचार तयार पार्दासम्म आएको मतपरिणाम अनुसार अनेरास्ववियुबाट अध्यक्ष पदका उम्मेदवार अक्कलबहादुर सिजापतीले १९१ मतले अग्रता लिएका छन्। भने गठबन्धनबाट उम्मेदवार अखिलका हिक्मत शाहीले १०२ मत प्राप्त गरेका छन।

यस्तै, सचिव पदका उम्मेदवार अनेरास्ववियुका भुवानीप्रसाद ढकालले १७० मत, गठबन्धनका मिलन बिसीले १०९ मत, कोषाध्यक्षका उम्मेदवार अनेरास्ववियुका ललित रानाले १४६ मत र गठबन्धनका रामशरण वि.कले ९६ मत प्राप्त गरेका छन्।

यस क्याम्पसमा १६८१ मत खसेको थियो। सोमबार बिहान करिब ११ बजेबाट मतगणना सुरु भएको छ।

तपाईको प्रतिक्रिया