सुर्खेत बहुमुखी क्याम्पसमा गठबन्धनलाई हराउँदै अनेरास्ववियुकाे प्यानल विजयी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेकाे सुर्खेत बहुमुखी क्याम्पसमा गठबन्धनलाई हराउँदै अनेरास्ववियुकाे प्यानल नै विजयी भएको छ।

चैत ५ गते आइतबार भएको निर्वाचनबाट एमाले निकट अनेरास्ववियुकाे प्यानल नै विजयी भएको हाे।

क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्कल सिजापतिले ९६७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

सिजापतिले नेपाल विद्यार्थी संघ  र अखिल क्रान्तिकारीबीच भनेको गठबन्धनबाट उम्मेदवार बनेका क्रान्तिकारीका हिक्मत शाहीलाई हराएका हुन्।

गठबन्धनका शाहीले  ४८८ मत प्राप्त गरेका छन्।

यस्तै, सचिवमा अनेरास्ववियुका भुवानीप्रसाद ढकाल विजयी भएका छन्। उनले ९०४ मत प्राप्त गरेका छन्।
ढकालले गठबन्धनबाट उम्मेदवार नेवि संघका मिलन बिसीलाई हराएका हुन्। बिसीले ४७२ मत प्राप्त गरेका छन्।

यस्तै, काेषाध्यक्षमा अनेरास्ववियुका उम्मेदवार ललिता राना ७७० मतसहित विजयी भएका छन्।

रानाले गठबन्धनबाट उम्मेदवार अखिल क्रान्तिकारीका रामशरण विकलाई पराजित गरेका हुन्।
विकले ४५० मत प्राप्त गरेका छन्।

यस्तै, सदस्यहरूमा अनेरास्ववियुका सबै सदस्य विजयी भएका छन्।

सदस्यहरु :-
१) भरत शाही ८५४
२) राधा रिजाल ८५९
३) गगन आले ८८४
४) जुद्द रोकाय ८८८
५) दिपेन्द्र शाही ८३०
६) महेन्द्र खड्का ७९३
७) निरा जैशी ८५०
८) अशोक बराल ८६९

यस क्याम्पसमा जम्मा १६८१ मत खसेको थियाे।

तपाईको प्रतिक्रिया