महालक्ष्मी स्मृति अक्षयकोषबाट १४ विद्यार्थीलाई छात्रवृति प्रदान

दैलेख । जिल्लाको भैरबी गाउँपालिका–२ रावतकोटस्थित पञ्चदेवल मावीमा अध्ययनरत १४ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ। भैरबी गाउँपालिका–१ निवासी योगेन्द्रलाल कार्की र खगेन्द्रबहादुर कार्कीले बुबाआमाको सम्झनामा स्थापना गरेको अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको हो।

महालक्ष्मी स्मृति छात्रवृति अक्षयकोषको ब्याज रकमबाट १४ जना विद्यार्थीलाई जनहि दुई हजार ६ सय रुपैयाँका दरले छात्रवृति प्रदान गरिएको हो।

योगेन्द्रलाल कार्की र खगेन्द्रबहादुर कार्कीले स्वर्गीय बुबाआमाको सम्झनामा २०७८ मा पाँच लाख एक हजार एक सय ११ रुपैयाँ धनराशीको अक्षयकोष स्थापना गरेका थिए।

उक्त अक्षयकोषको रकमबाट प्राप्त ब्याजबाट विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको खगेन्द्रबहादुर कार्कीले बताए। उनका अनुसार कक्षा ६ देखि कक्षा १२ सम्मका प्रत्येक कक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रा गरि १४ जना विद्यार्थीहरू छात्रवृति दिईएको हो।

तपाईको प्रतिक्रिया