सल्यान र रुकुमपश्चिममा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

सुर्खेत । सल्यान र रुकुमपश्चिममा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा घर निर्माणको क्रममा भ¥याङबाट खसेर एक जनाको मृत्यु भएको हो ।

सल्यानकै दारिमजिउलाका ५२ वर्षीय डिल्लीबहादुर चनारा बाँसको भर्‍याङबाट लड्दा मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेको घाइते चनाराको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ गोईरी नौ वर्षीय दिपरोशन परियारको मृत्यु भएको छ । स्कुलबाट घर फर्किदै गरेको परियारको हिडेको गोरेटो बाटोभन्दा माथिबाट ढुङ्गा खस्दा मृत्यु भएको हो । ढुंगाले टाउकोमा लागेपछि उनको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

तपाईको प्रतिक्रिया