हुम्लाका शाही लागुऔषधसहित सुर्खेतमा पक्राउ

सुर्खेत। प्रहरीले हुम्ला घर भएका एक जनालाई लागुऔषधसहित पक्राउ गरेकाे छ । कर्णाली प्रदेश लागुऔषध व्यूरो शाखा र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएकाे प्रहरी टाेलीले सन्ताेष शाहीलाई पक्राउ गरेकाे हाे ।

सिमिकोट गाउँपालिका-२ घर भएका १९ वर्षीय शाहीलाई वीरेन्द्रनगर नगरपालिका-८ बाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । सादा पोशाकमा खटिएकाे प्रहरीले बाटोमा हिडिरहेको अबस्थामा शाहीले शंकास्पद गतिविधि गरेपछि नियन्त्रणमा लिएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

शाहीलाई चेकजाँच गर्दा उनकाे साथबाट शुद्व १९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ लागूऔषध बरामद भएको कार्यालयकाे भनाई छ । उनी वीरेन्द्रगरमा डेरामा बस्दै आएका थिए । शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया