प्रदेश अस्पतालमा पूर्वी एसियाकै ठुलो क्षमताको सोलार प्यानल जडान

सुर्खेत । विश्व स्वास्थ्य संगठनको सहयोगमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पूर्वी एसियाकै ठुलो सोलार प्यानल जडान गरिएकाे छ । अस्पतालमा निर्माण गरिएकाे सोलार प्यानल अस्पताललाई एक कार्यक्रमका बीचमा हस्तान्तरण गरिएको हो ।

अस्पतालमा १५० किलोवाट क्षमताको सोलार प्यानल जडानले गरिएकाे छ । दक्ष जनशक्ति भएपनि पुर्वाधार भएन भने स्वास्थ्य सेवा दिन समस्या हुने गरेकाले विद्युत गएपनि २४ सै‌ घण्टा प्रदान गरिने सेवामा कुनै प्रवाह आउन नदिन साेलार जडान गरिएङ्काे  अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्काले जानकारी दिए ।

‘कोभिड–१९ बेला विजुलीवत्ति नहुँदा डुलो समस्या भोगेका थियौं । विद्युतको अभावमा हामीले चाहेर पनि सेवा दिन समस्या भएको थियो,’ उनले भने,‘विद्युतको अभावमा भोग्ने परेको समस्या सोलार प्रविधिले समाधान गर्नेछ ।’ विगतमा विद्युत अनियमित हुँदा अस्पतालमा अक्सिजन प्लाष्ट, अप्रेशन थिएटर, एक्सरेलगाएतका सेवा दिन समस्या हुने गरेकोमा अब सोलार प्यानल जडानले सहज बनाउने विश्वास लिएको अस्पतालका निर्देशक डा. खड्काले बताए । ‘विद्युत अनियमित हुँदा आउने समस्या अब समधान हुने भएको छ,’ उनले भने,‘अस्पतालले सेवा विस्तार गर्दै गएको अवस्थामा सोलार प्रबिधिले सहजता ल्याउनेछ ।’

कर्णाली प्रदेश अस्पतालमा जडान गरिएको सोलार प्रबिधि दक्षिण पूर्वि एसियामा पहिलो र अत्यन्तै नयाँ प्रविधी जडान भएको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी राजेश सम्भाजीराव पाण्डवले बचाए । ‘यसको प्रयोगले कर्णाली र नेपालमा मात्र नभएर विद्युत आपूर्तिको समस्या भएका अन्य मूलकको लागि पनि महत्वपूर्ण सिकाइ हुनेछ ।’ उनले भने,‘यो प्रबिधिले स्वास्थ्य क्षेत्रमा हुने विद्युत् आपुर्तिको समस्या समधान गर्नेमा विश्वास लिएका छौं ।’ सोलार प्यानल जडानपछि अक्सिजन प्लयान्टलगाएत अन्य सेवा सञ्चालनमा सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

तपाईको प्रतिक्रिया