हुम्लाको चंखेली–६ मा रहेको देशी खोला र कर्णाली नदीको दोभानमा शव फेल

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–६ मा शव फेला परेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चंखेली–६ मा रहेको देशी खोला र कर्णाली नदीको बीच दोभानमा शव फेला परेको छ।

उक्त शवको पहिचान हुननसकेको प्रहरीले जनाएको छ। चंखेली गाउँपालिका–६ का हर्के कुलाल र सुरज वि.कले माछा मार्न गएको बेला शव देखेका थिए। शव देखेपछि उनिहरुल प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार उक्त शव महिला हो या पुरुषको भन्ने बारे कुनै पहिचान हुनसेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया