![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट अवैध १० क्विन्टल चिनी बरामद गरिएको छ। भेरीगंगा–१२ छिन्चु बजार स्थित पिकेट डिउटीमा खटिएका ९ जनाको प्रहरी टोलीले चिनी बरामद गरेको हो।
बाँकेको नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको ना ३ ख ९२७ नम्बरको ट्रक चेक जाँच गर्दा उक्त ट्रक भित्र प्रहरीले अवैध चिनी फेला परेको थियो।
विल नभएको २० बोरा चिनी ५० केजि का दरले १० क्विन्टल र अन्य पान सम्बन्धी विभिन्न आईटम सामाग्रीहरु पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७९ चैत्र १३, सोमबार